© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
हाल बढ्दै गएको सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा राखी विश्वका १९३ राष्ट्रहरुले सेप्टेम्बर २५, २०१५ का दिन देखि २०३० सम्म मा पुरा गर्नका लागि विभिन्न १७ वटा लक्ष्यहरुलाई आत्मसात गरेका छन् जसलाई दीगो विकासका लक्ष्य (दी.वि.ल.) भनिएको छ । २०३० एजेन्डा आत्मसाथ गरिरहदा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले “कोहि पनि पछाडि छोडिने छैन्” भन्ने कुराको सुनिश्चतताका साथ (दी.वि.ल.) प्राप्तिमा अघि बढ्ने प्रतिज्ञा समेत लिएका छन् ।
सन २०१५ मा संयुक्त राष्ट्र संघको साधारण सभाबाट अनुमोदन गरिएका १७ वटा महत्वाकाँक्षी दी.वि.ल. १५ वर्षमा पुरा गर्न विश्वव्यापी रुपमा १६९ वटा परिमाणात्मक लक्ष्य निर्धारण गरी यसको प्रगति मुल्याँकन गर्न २३२ सूचकहरु पनि तयार गरिएका छन् । यसै गरी नेपालमा ति १७ वटा लक्ष्य पुर्तिका निम्ति ४७९ वटा सूचकहरु निर्धारित गरिएका छन् । यसरी निर्धारण गरिएका १७ वटा लक्ष्यहरु एक–आपसमा अन्तररसम्बन्धित छन् ।
सबै क्षेत्रमा रहेका सबै प्रकारका गरिबी अन्त्य गर्ने
दीर्घकालीन कृषिको प्रवद्र्धन गर्दै खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गरी भोकमरी अन्त्य गर्ने
सबै उमेर समूहका व्यक्तिाका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने
सबैका लागि जीनपर्यन्त सिकाइका अवसरहरु प्रदान गर्दै समावेशी, न्यायोचित र गुणात्मक शिक्षाको सुनिश्चितता गर्ने
सबै महिला, किशोरी र बालिकाहरुलाई सशक्त बनाई लैँगिक समानता हासिल गर्ने
सबैका निम्ति खानेपानी र सरसफाईको उपलब्धताको साथै यसको दीगो
व्यवस्थापन सुनिश्चित गर्ने
धान्न सकिने भरपर्दाे, दीगो र आधुनिक उर्जामा सबैको पहुँच सुनिश्चित गर्ने
भरपर्दाे, समावेशी र दीगो आर्थिक वृद्धि तथा सबैको लागि पूर्ण र उत्पादन मुलक रोजगारी र मर्यादित कामको प्रवद्र्धन गर्ने
उत्थानशील पूर्वाधारहरु निर्माण गर्ने, समावेशी तथा दीगो औद्योगिकरणको प्रवद्र्धन गर्ने र नवप्रवर्तनलाई प्रेरित गर्ने
मुलुक भित्र तथा बाहिरी मुलुकहरुको बीचमा रहेको असमानतालाई घटाउने
शहरहरु तथा मानव बस्तीहरुलाई समावेशी, सुरक्षित, उत्थानशील र दीगो बनाउने
दीगो उपभोग र उत्पादनका ढाँचाहरु निर्माण गर्ने
जलवायु परिवर्तन यसको प्रभावहरुसँग जुभ्ःन तत्काल कार्य अघि बढाउने
दिगो विकासको निम्ति महासागरहरु, समुद्रहरु र समुद्रिक स्रोतहरु संरक्षण गर्ने र दिगो रुपमा प्रयोग गर्ने
पृथ्वीको भूपरिधिस्तरीय पारिस्थितिकीय प्रणालीहरुको दिगो रुपमा व्यवस्थापन गर्ने, मरुभुमिकरण विरुद्ध लड्ने र जमिनको क्षयीकरण रोक्नुका साथै यसलाई उल्ट्याउने साथै जैविक विविधताको ह्रासलाई रोक्ने
सबै तहहरुमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गरी न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने
राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारीलाई जीवन्त तुल्याउँदै दिगो विकास लक्ष्य हासिल गर्न सबै उपाय तथा साधनहरुलाई सुदृढ गर्ने
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations