नगर सुशासन, वित्तीय अनुशासन र दिगो विकास विषयक अन्तरक्रिया कार्यक्रम, श्रावण ३० गते, २०८१, पोखरा

Share

नेपाल नगरपालिका संघको आयोजनामा गण्डकी प्रदेशका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू र लेखा समितिका संयोजक/खरिद प्रकृयासँग सम्बन्धित कर्मचारीहरुसँग नगर सुशासन, वित्तिय अनुशासन र दिगो विकासका बारेमा मिति २०८१ साउन ३० गते बुधबार गण्डकी प्रदेशको राजधानि पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नगरपालिका संघले सबै पक्षलाई एकै ठाउँमा राखेर पालिकाहरूमा भएको अप्ठ्याराहरूको बारेमा समाधान खोज्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले संघ र प्रदेश सरकार अहिले पनि अनेक बहानामा स्थानिय सरकारको अधिकार कटौती गर्न लागि परेको बताउनुभयो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलय र महालेखा परिक्षक कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागि कार्यक्रममा अध्यक्ष ढुंगानाले राज्यका नीकायहरूले ब्यवहारिक ढंगबाट जनतालाई सेवा दिलाउने कुरामा लाग्नु पर्नेमा जोड दिनुभयो ।माननीय तोयम राय, विज्ञ काशिराज दाहाल र नगरपालिकाका प्रमुखहरूले आ आफ्नो धारणा राख्नुभएको कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानीधि देवकोटाले कार्यपत्र प्रस्तुतीकरणको संयोजन गर्नुभएको थियो ।

Events information

Date of the event
15 August, 2024 14 Aug - 14 Aug 2024

Events related documents

Upcoming Events

View all Events
No results found