© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यान्वयनको लागि सहजीकरण” कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल नगरपालिका संघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुर बिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । २०८२ बैशाख २१ गते मानव श्रोत विकास केन्द्रका उप महानिर्देशक महेन्द्र पराजुली र संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा लगायतका प्रतिनिधिहरुको उपस्थितिमा बागमती, गण्डकी लुम्बिनी प्रदेशमा १ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो । विद्यालय शिक्षा क्षेत्र योजना (SESP) को प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार एवं सरोकारवाला निकायवीच समन्वय र सहकार्य अभिबृद्धि गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले संघ र मानव स्रोत विकास केन्द्रको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ भने कार्यक्रममा प्रदेश अन्तर्गतका शिक्षा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका प्रतिनिधि, नगरपालिका प्रमुख/उपप्रमुख, शिक्षा शाखा प्रमुख, नगर शिक्षा समिति सदस्य ,विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानध्यापक र शिक्षा विकास समन्वय इकाईका प्रतिनिधिहरु लगायतको सहभागिता रहनेछ ।
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations