विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका उपलव्धी, असल अभ्यासहरुको प्रसार तथा दीगोपना सम्वन्धि राष्ट्रिय कार्यशाला गोष्ठी

Share

नेपाल नगरपालिका संघको आयोजना तथा यूएसएआईडी तयार नेपाल परियोजनाको सहयोगमा मिति २०८१-०५-३१ गते ललितपूरमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका उपलब्धी, असल अभ्यासहरूको प्रसार तथा दिगोपना सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीको माननीय वन तथा वातावरमन्त्री ऐन बहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वन राज्यमन्त्री माननीय रूपा विक, यूएसएआईडी तयार नेपाल परियोजनाका चिफ अफ पार्टी तिर्थ राज जोशी सहित वागमति प्रदेश लगायत बिभिन्न प्रदेशका नगरपालिकाहरुबाट करिब दर्जन बढी नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विषयगत मन्त्रालयका प्रतिनिधिहरु एवम् सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा बोल्दै वनमन्त्री शाहीले स्थानिय सरकासँगको समन्वयमा काम गर्न आफुहरू तयार रहेको बताउनुभयो । उहाँले विपद्का काम स्थानिय तहबाटै हुने भएकाले यस क्षेत्रमा काम गर्ने डोनर ऐजेन्सीहरूलाई पनि स्थानिय सरकारसँग समन्यव गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले वन ऐनका कारण विकास निर्माणको कामले गति लिन नसकेको भन्दै वन जंगलको संरक्षण सहितको विकासलाई दृतगतिमा अघि बढाउन सकिने योजना बनाउन वन मन्त्रालयलाई आग्रह गर्नुभयो । कार्यक्रमको समापन संघका महासचिव एवम् घोराहि उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।

Events information

Date of the event
18 September, 2024 16 Sep - 16 Sep 2024

Events related documents

Upcoming Events

View all Events
No results found