© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
नेपालमा स्थानीय तहमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुदृढ गर्ने उद्देश्यका साथ नेपाल नगरपालिका संघ (MuAN) र जर्मन विकास संस्था (GIZ) नेपाल बीच “Strengthen Health Sector Strategy II” परियोजनाको कार्यान्वयनका लागि १८ महिनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार GIZ ले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तिनवटा (नेपालगन्ज उप-महानगरपालिका, त्रिवेणी र पन्चदेवल विनायक नगरपालिका) नगरपलिकाहरुमा स्वास्थ्य सेवा सुदृढ गर्न यस संघलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्नेछ। साथै संघले नगरपलिकाहरुलाई स्वास्थ्य नीति कार्यान्वयनमा प्राविधिक सहयोग, क्षमता विकास, नीति संवाद तथा अनुभव आदान-प्रदानको माध्यमबाट सहयोग पुर्याउने छ। यस परियोजनाले स्थानीय सरकारको योजना, व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य लिएको छ ।
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations