© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations
नेपाल नगरपालिका संघले सामुहिक कार्य अभ्यासको निरन्तरता अनुरुप संघका कार्यकारी निर्देशकको अध्यक्षतामा मिति २०८२ असार १५ गते संघका कर्मचारीहरु र विषयगत विज्ञहरुको उपस्थितिमा हात्तिवन रिसोर्टमा १ दिने आवासीय कार्यक्रम सम्पन्न गरेको छ । कायक्रमका अध्यक्षले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संघको संस्थागत क्षमता अन्तर्गत हरेक वर्ष यस किसिमको कार्यक्रम आयोजना गरिंदै आएको र यस्ता सामुहिक अभ्यासले कर्मचारी बीच एकअर्काको भूमिकामा प्रष्टता र एक अर्कालाई सहयोग र प्रशंसा गर्दै चुस्त कार्य सम्पादनमा सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा विज्ञका रुपमा उपस्थित सूचना संचार विज्ञ जिवन भण्डारीद्वारा AI (कृत्रिम बुद्धिमतता) सम्बन्धी मेसिनमा आधारित प्रणाली जसले मानिसको व्यवहारको अनुसरण गर्छ” बारेमा प्रस्तुती गर्नु भएको थियो । उहाँले नेपालमा AI को प्रयोग एवं अभ्यास, सदुपयोग र दुरुपयोग कसरी भईरहेको छ सो बारेमा जानकारीे दिदै AI नीति निर्माण र कार्यान्वयन, एआई साक्षरता, डिजिटल पूर्वाधार, एआई विशेषज्ञहरुसँग साझेदारी, पारदर्शिता, जवाफदेहीता र अनुगमन, सामजिक समावेशीकरणको धारणा, एआईको सकारात्मक र नकारात्मक प्रयोग, राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास, नेपालमा स्थानीय सरकारको भूमिका, लगायतका विषमा प्रकाश पार्नु भएको थियो ।
© Creative Commons Attribution license by MuAN, 2020. | Developed by YoungInnovations