SESP सहजीकरण अन्तरक्रिया कार्यक्रम

Share

नेपाल नगरपालिका संघको आयोजना तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा गरिएको  मदेश प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यान्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८३/०२/१३ गते मधेश प्रदेश, बर्दीबासमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य एबम बरहथवा नगरपलिका नगर प्रमुख  श्री  कल्पना कट्टेलज्यूको  अध्यक्षता र जनकपुरधामका नगर प्रमुख श्री मनोज कुमार शाहज्यू को प्रमुख आथिथ्यतामा   भएको कार्यक्रममा ३० नगरपालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख/ उपप्रमुख, वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, नगर शिक्षा शाखाका प्रमुख, विद्यालयका प्राध्यापक, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका प्रतिनिधिहरु गरी ७३ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमा मानव श्रोत विकास केन्द्रका प्रतिनिधि र  र सामाजिक विकास मन्त्रालय मदेश  प्रदेशको शीक्षा शाखाका प्रमुखले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो उपर सहभागिहरु बीच छलफल भै राय सुझाव प्राप्त भएको थियो ।

Events information

Date of the event
04 June, 2026 27 May - 27 May 2026

Upcoming Events

View all Events
No results found