नेपाल नगरपालिका संघको आयोजना तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा गरिएको प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८३/०२/१८ गते सुदूरपश्चिम प्रदेश, अत्तरियामा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघका सुदूरपश्चिम प्रदेश संयोजक श्री बीरेन्द्र भट्टज्युको अध्यक्षता र सामाजिक विकास मन्त्रालयका मन्त्रि मा. मेघराज खड्काज्युको प्रमुख आतिथ्यतामा भयको कार्यक्रममा १६ नगरपालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख/ उपप्रमुख, वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, नगर शिक्षा शाखाका प्रमुख, विद्यालयका प्राध्यापक, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका प्रतिनिधिहरु गरी ६४ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमा मानव श्रोत विकास केन्द्रका निर्देशक र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको शीक्षा शाखाका प्रमुखले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो उपर सहभागिहरु बीच छलफल भै राय सुझाव प्राप्त भएको थियो ।

