नगरपालिका कर्मचारीहरुको क्षमता विकास कार्यक्रम सम्पन्न

Share

 नेपाल नगरपालिका संघको आयोजनामा “Scaling of Citywide Inclusive Sanitation Service Systems” परियोजना अन्तरगत बिभिन्न १५ वटा नगरपालिकाका WaSH MIS मा data प्रविष्ट गर्ने/गराउन  जिम्मेवार कर्मचारीहरुकालागि “Municipal WaSH Plan from WaSH MIS” बिषयक  आवासीय क्षमता विकास कार्यक्रम २०८३ असार  ०९ गते पोखरामा सम्पन्न गरेको छ । कार्यक्रको उद्देश्य तथा संघको भाबी योजना सहित संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रकाश पार्दै सुरु भएको कार्यक्रमको प्राबिधिक सत्रहरुको सहजीकरण खानेपानी तथा ढल ब्यबस्थापना बिभागका ई. निरब वैद्यले गर्नु भएको थियो र WaterAid Nepal को तर्फबाट रमेश विश्वकर्मा र नितेश श्रेष्ठले संयुक्तरूपमा सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको समग्र सहजीकरण संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले गर्नु भएको थियो ।

नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम  UN-Habitatको संयोजनमा खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, Water Aid Nepal, Media Help Line र  WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भईरहेको छ ।

#MuAN #MoWS #DWSSM #UN-Habitat #WAN #MediaHelpline #WaSHKhabar #CWISAN #CWIS #SDG6

Events information

Date of the event
09 July, 2026 23 Jun - 23 Jun 2026

Upcoming Events

View all Events
No results found