नेपाल नगरपालिका संघको आयोजना तथा DASRA India र BORDA India को संयोजनमा “Scaling of Citywide Inclusive Sanitation Service Systems” परियोजना अन्तरगत समावेशी सरसफाइ र दिसाजन्य लेदो व्यवस्थापन आपसी सिकाइ कार्यक्रम संघ का अध्यक्ष भीम प्रसाद ढुंगानाको नेतृत्वमा भारतको बेंगलुरु मा १३ देखि १६ जुलाई, २०२६ सम्म सम्पन्न भएको छ । यस अध्ययन भ्रमणको मुख्य उद्देश्य नेपालका नगरपालिकाहरूमा सहरी समावेशी सरसफाइ (CWIS) मोडेल, दिसाजन्य लेदो व्यवस्थापन र फोहोरलाई पुनःप्रयोग गर्ने प्रविधिहरूको स्थलगत अध्ययन गर्नु रहेको थियो । नेपालका विभिन्न ११ महानगरपालिका, उपमहानगरपालिकाहरु र नगरपालिकाका नगर प्रमुख र उप-प्रमुखहरु, संघका कार्यकारी निर्देशक र कर्मचारीहरु सम्मिलित टोलीले दुई दिनमा देवनहल्ली दिसाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) मा सञ्चालनमा रहेको र कम्पोष्ट मल उत्पादन, समावेशी सरसफाइ मोडेल: सीमान्तकृत समुदायका लागि निर्माण गरिएको ढल निकास तथा विकेन्द्रीकृत फोहोरपानी प्रशोधन प्रणाली, चिक्काबल्लापुरमा कम लागतमा तथ्याङ्क र प्रविधिको प्रयोग गरी स्थापना गरिएको ‘Dry Waste Collection Centre (DWCC)’ र सरसफाइ कार्यमा खटिने श्रमिकहरूको स्वास्थ्य, सुरक्षा र सम्मानका लागि निर्माण गरिएका विशेष WASH सुविधाहरूको निरीक्षण गरेको थिए l
नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम UN-Habitat को संयोजनमा खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, Water Aid Nepal, Media Help Line र WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भई रहेको छ l
#MuAN #Nepal Municipalities #MoWS #DWSSM #UN-Habitat #WAN #MediaHelpline #WaSHKhabar #CWISAN #CWIS #SDG6 #CWIS #Sanitation #WasteManagement #CrossLearning #DASRA #BORDA



