नेपाल नगरपालिका संघ र HURDEC बीच साझेदारी सम्झौता

Share

नेपालका नगरपालिकाहरूको संस्थागत, वित्तीय तथा सुशासन क्षमता सुदृढीकरणका लागि नेपाल नगरपालिका संघ र HURDEC (Pvt.) Ltd. बीच ५ वर्षे रणनीतिक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ l बिशेषगरी सार्वजनिक वित्तीय व्यवस्थापन तथा वित्तीय सङ्घीयता सुदृढीकरण, सार्वजनिक खरिद व्यवस्थापन तथा digital governance प्रणाली, क्षमता विकास, तालिम, कार्यविधि तथा निर्देशिकाहरूको निर्माण, जलवायु वित्त र विपद्-उत्थानशील बजेटिङ,  संयुक्त परियोजना निर्माण तथा कार्यान्वयन लगायतका बिषयहरुमा सहकार्य गर्ने यस सम्झौताको प्रमुख उद्देश्य रहेको छ l सम्झौतापत्रमा नेपाल नगरपालिका संघका तर्फबाट कार्यकारी निर्देशक कलानिधि देवकोटा र HURDEC का तर्फबाट प्रबन्ध निर्देशक ठाकुरप्रसाद अधिकारी ले हस्ताक्षर गर्नुभएको थियो l यो साझेदारीले स्थानीय तहमा सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्दै प्रभावकारी सेवा प्रवाहमा ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

#MuAN #HURDEC #LocalGovernance #PublicFinancialManagement #StrategicPartnership #NepalMunicipalities #CapacityBuilding

Events information

Date of the event
22 September, 2026 21 Sep - 21 Sep 2026

Upcoming Events

View all Events
No results found