सार्वजनिक जवाफदेहितासम्बन्धी कार्यविधि/मार्गदर्शन समीक्षा विषयक बहुक्षेत्रीय परामर्श बैठक

Share

नेपाल नगरपालिका संघको आयोजना तथा GIZ नेपालको सहकार्यमा स्थानीय सरकारलाई थप उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले सामाजिक जवाफदेहिता सुनिश्चित गर्ने विषयमा बहुक्षेत्रीय परामर्श बैठक २०८३  असोज ७ काठमाडौंमा सम्पन्न भएको छ।

बैठकमा स्थानीय सरकारमा सामाजिक जवाफदेहिता प्रवर्द्धनका लागि कार्यान्वयनमा रहेका साबिक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी गरिएको “सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७७ (नमुना)” तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको “स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता संघीय मार्गदर्शन, २०७७” का विषयमा प्राप्त सुझाव अनुसार दुवै कार्यविधिको कार्यान्वयनका क्रममा स्थानीय सरकारको जिम्मेवारी र कार्यक्षेत्रमा दोहोरोपन देखिएकोले, सुधारका क्षेत्रहरूको पहिचान गरिएको प्रतिवेदनका निष्कर्ष, सुझाव तथा सिफारिसहरूमाथि बैठकमा छलफल गरिएको थियो।

राष्ट्रिय योजना आयोग, संघीय मंत्रालय, स्थानीय सरकार, स्वास्थ्य क्षेत्र, विकास साझेदार संस्थाका प्रतिनिधि तथा सामाजिक जवाफदेहितासम्बन्धी विज्ञहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक जवाफदेहितालाई प्रभावकारी बनाउन बहुक्षेत्रीय समन्वय, स्पष्ट कार्यविधि तथा स्थानीय सरकारको सहज कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण प्रसाद पौडेल तथा संघीय मामिला महाशाखाका सहसचिव प्रकाश दाहाल ले विद्यमान कार्यविधि तथा मार्गदर्शनमा देखिएका दोहोरोपन र व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्दै आवश्यक परिमार्जन गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Events information

Date of the event
24 September, 2026 23 Sep - 23 Sep 2026

Upcoming Events

View all Events
No results found