अन्तर–नगर सहकार्य सम्बन्धी कार्यबिधिमा छलफल

Share

नेपाल नगरपालिका संघको आयोजना तथा SDC/TAF को सहकार्यमा सीमाना जोडिएका नगरपालिकाहरुबीच सहकार्यका लागि बनाइएको नमुना कार्यविधि सम्बन्धमा छलफल कार्यक्रम २०८३ असोज १९ गते सुनवल नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरपालिकाहरूबीच साझा सेवा प्रवाह, स्रोतको प्रभावकारी उपयोग, अनुभव आदान–प्रदान तथा संयुक्त रूपमा विकासका गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाल नगरपालिका संघले दुई वा सोभन्दा बढी सीमाना जोडिएका नगरपालिकाबीच सहकार्यका लागि तयार गरेको नमुना कार्यविधि माथि सम्बन्धित नगरपालिकाबाट सुझाव संकलन गरी आवश्यक परिमार्जन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सुनवल, देवदह, रामग्राम र बर्दघाट नगरपालिका र सरावल गाँउपालिकाका  प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो। सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल गरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहभागीहरुलाई स्वागत गर्दै उदेश्यमाथि प्रकाश  पार्नुभयो। कार्यक्रममा पूर्व मुख्यसचिव डा﮳सोमलाल सुवेदी, पूर्व सचिव गोपीकृष्ण खनाल विज्ञका रुपमा हुनुहुन्थ्यो भने अधिवक्ता बिश्वहरि नेपालले कर्यविधिमा प्रस्तुति गर्नु भएको थियो ।

कार्यक्रममा  सहभागीहरूले अन्तर–नगर सहकार्यका सम्भावना, स्थानीय सरकार बीच साझा रूपमा सेवा प्रवाह गर्न सकिने क्षेत्र पहिचान, विद्यमान कानुनी तथा संस्थागत चुनौती र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्थाबारे आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्नु भएको थियो । छलफलका क्रममा नगरपालिकाहरूबीच फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकास, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, पर्यटन प्रवर्द्धन तथा अन्य साझा विषयमा सहकार्य गर्न सकिने सम्भावनाबारे समेत विचार आदान–प्रदान भएको थियो। नेपाल नगरपालिका संघले सहभागी स्थानीय तहबाट प्राप्त सुझावका आधारमा नमुना कार्यविधिलाई थप परिमार्जन गरी कार्ययोजना सहित अन्तर–नगर सहकार्यलाई व्यवस्थित, प्रभावकारी र व्यवहारिक बनाउन सहजीकरण गर्नेछ।

Events information

Date of the event
08 October, 2026 05 Oct - 05 Oct 2026

Upcoming Events

View all Events
No results found