अध्ययनका लागि छलफल तथा अन्तरक्रिया

Share

नेपाल नगरपालिका संघले संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) तथा Provincial and Local Governance Support Programme (PLGSP) सँगको सहकार्यमा Cooperative Federalism in Action: Intergovernmental Relations Landscape and Road Ahead  र Fiscal Federalism in Practice: Building Local Revenue Systems in Nepal गरी दुई महत्वपूर्ण अध्ययनहरूका लागि सुदूरपश्चि प्रदेशमा जेष्ठ १ गते, गण्डकी प्रदेशमा ८ गते , कोशी प्रदेश र मधेश प्रदेशमा १७, १८, १९ गते प्रदेश सरकारका प्रतिनिधिहरु (प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेश योजना तथा नीति आयोग) र महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाउपालिका संग अन्तरक्रियाका कार्यक्रमहरु सम्पन्न गरेका छ । संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाको नेतृत्वमा संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठ र आन्तरिक राजश्व विज्ञ डा. हेमराज लामीछाने  र अन्तरसरकारी विज्ञ बिर कृष्ण महर्जन सम्मेलित टोलीले गरेको उक्त अध्ययनहरूको उद्देश्य नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसरकारी सम्बन्ध (Intergovernmental Relations–IGR) को वर्तमान अवस्था, चुनौती र सुधारका अवसरहरूको विश्लेषण गर्नुका साथै प्रदेश तथा स्थानीय सरकारहरूको आन्तरिक स्रोत परिचालन (Own Source Revenue–OSR) र वित्तीय स्वायत्तता सुदृढीकरणका उपायहरू पहिचान गरी रहेको छ । यी दुवै प्रतिबेदनहरु संघले श्रावन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।  

#MuAN#UNDP#PLGSP#IGR#OSR

Events information

Date of the event
09 July, 2026 14 Jun - 03 Jul 2026

Upcoming Events

View all Events
No results found