अन्तरक्रिया  कार्यक्रम

Share

नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी नीतिगत पैरवी गर्न तयार गरेको “CWIS Advocacy Strategy Document” को कार्यान्वयनकालागि “ Stakeholders Mapping and Private Sector Engagement for Partnership Development ” बिषयक अन्तरक्रिया कार्यक्रम २०८३ असार  २३ गते, मंगलबार, भक्तपुरमा सम्पन्न भएको छ । संघको उद्यम तथा रोजगार प्रबर्धन समितिका सह-संयोजक तथा सूर्यविनायक नगरपालिकाका  उप-प्रमुख सरिता भट्टराई तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका साझेदार संस्था UN-Habitat का National Progarm Officer सुधा श्रेष्ठले बिशेष मन्तब्य राख्‍नुभएको थियो भने प्राबिधिक सत्र र छलफलको सहजिकरण विज्ञ रोजी सिंह र गोबिन्द खड्काले संयुक्तरूपमा गर्नु भएको थियो । कार्यक्रममा बिषयसंग सम्बन्धित मन्त्रालय , स्थानीय सरकार, निजि संस्था, सरसफाई क्षेत्रमा कार्यरत संघसंस्था र अन्य सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रमको समग्र सहजीकरण संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले गर्नु भएको थियो ।  

नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम  UN-Habitatको संयोजनमा खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, Water Aid Nepal, Media Help Line र  WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भई रहेको छ l

#MuAN #MoWS #DWSSM #UN-Habitat #WAN #MediaHelpline #WaSHKhabar #CWISAN #CWIS #SDG

Events information

Date of the event
09 July, 2026 07 Jul - 07 Jul 2026

Upcoming Events

View all Events
No results found