अन्तर- नगर सहकार्य बिषयमा अन्तरक्रिया कार्यक्रम

Share

नेपाल नगरपालिका संघले SDC-TAF को सहकार्यमा मिति २०८२माघ १५ गते घ्याम्पेडाँडा, भक्तपुरमा अन्तर-नगर सहकार्य बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले एक वा सो भन्दा बढी सीमाना जोडीएका र आर्थिक, सामाजिक रुपमा नजिक रहेका नगरपालिकाहरुबिच सहकार्यका सम्भावित क्षेत्रहरु, साझेदारीका अवसरहरु तथा साझा विकास योजनाबारे गरेको अध्ययनको मस्यौदा प्रतिवेदनमा सुझाव संकलन गर्ने उद्देश्यले कर्यक्रम आयोजन गरेको थियो । कार्यक्रममा नमबुद्ध नगरपालिकाका नगर प्रमुख, पनौतीका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु लगाएत विज्ञ तथा  सरोकारवालाहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहभागीहरुलाई स्वागत गरी कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।  कार्यक्रममा अध्ययन टोलिमा संलग्न हुनुभएका डा. सोमलाल सुवेदी, डा. गोपी खनाल र  अधिवक्ता  बिश्वहरि नेपालले प्रस्तुति गर्नुभयो भने वरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिवेदनमा टिप्पणी गर्नुभयो ।

Events information

Date of the event
01 February, 2026 29 Jan - 29 Jan 2026

Upcoming Events

View all Events
No results found