अन्तर-नगर सहकार्य सम्बन्धी छलफल कार्यक्रम

Share

नेपाल नगरपालिका संघले  SDC-TAF को सहकार्यमा एक वा सो भन्दा बढी नगरपालिकाहरु बीच सहकार्यका लागि बनाइएको ‘अन्तर-नगर सहकार्य’ नमुना कार्यविधिमा सुझाव संकलन गर्ने उदेश्यले २०८३ साउन १२ गते विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेश सरकार र सुनसरी तथा  मोरङ जिल्लाका नगरपालिकाहरुबिच सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल नगरपालिका संघका कोशी प्रदेश संयोजक तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गर्नुभएको थियो . कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर कुमार लिङ्थेपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालय तथा नीति तथा योजना आयोगका सचिव लगायत सुनसरी र  मोरङ जिल्लाका नगरपालिकाका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो . कार्यक्रममा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहभागीहरुलाई स्वागत गर्दै उदेश्यमाथि प्रकाश  पार्नुभयो भने पूर्व मुख्यसचिव डा﮳ सोमलाल सुवेदी तथा अधिवक्ता बिश्वहरि नेपालले कर्यविधिमा प्रस्तुति दिनु भएको थियो । सो कार्यविधि माथि सहभागि तथा अतिथिहरुबाट महत्वपूर्ण सुझाव प्राप्त भएको छ ।

Events information

Date of the event
31 July, 2026 28 Jul - 28 Jul 2026

Upcoming Events

View all Events
No results found