कर्णाली प्रदेशमा खानेपानी गुणस्तर जांच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धि प्रशिक्षक प्रशिक्षण संञ्चालन

Share

नेपाल नगरपालिका संघको आयोजनामा तथा यूनिसेफको सहयोगमा कर्णाली प्रदेशको राजधारी बिरेन्द्रनगर सुर्खेत स्थित होटल सिद्धार्थ सन्नी रिसोर्टमा ३ दिने खानेपानी गुणस्तर जांच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धि प्रशिक्षक प्रशिक्षण संचालन कर्णली प्रदेशका भौतीक योजना , पुर्वाधार बिकास तथा शहरी विकास मन्त्रालयका सि.डि.इ तथा प्रदेश वास क्लस्टरका फोकल पर्सन रमेस सुबेदी ज्यूको अध्यक्षतामा सञ्चालन भएको छ । कार्यक्रममा अतिथिको रुपमा युनिसेफ नेपालका राजेस सारु मगर, नेपाल नगरपालिका संघका वास मेनेजर उमाशंकर प्रशाद यादव, प्रशिक्षक राजेश श्रेष्ठ, कटक बहादुर रोकाया हुनुहुन्थयो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ५ वटा नगरपालिकाहरु दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका, त्रिबेणी र कर्णाली प्रदेशका ५ वटा नगरपालिकाहरु खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र बिरेन्द्रनगर नगरपालिकाका वास फोकल पर्सनहरु, स्वास्थ्य संयोजकहरु, स्थानीय गैर सरकारी संस्थाहरुको गरी ३१ ज्नाको सहभागीता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल नगरपालिका संघका वास म्यानेजर उमाशंकर यादवले खुला दिशामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानी युक्त समुदाय ,पुर्ण सरसफाइ र हातघुने बानी ब्यवहार बारे आफ्नो घारणा राख्नु भएको थियो । साथै पालिकाहरुको वास कार्यक्रमको दिगोपनाको लागी वाससंग सम्बन्धि ऐन, नीती, निर्देशीका र वास योनना निर्माणमा नेपाल नगरपालिका संघले प्राबिधिक सहयोग गर्दै आइरहेको कुरा बताउनु भयो ।

युनीसेफ नेपालका राजेस सारु मगरले दिगो बिकासको लक्ष्य प्राप्त गर्नको लागी सुरक्षित खानेपानी पनि महत्वपुर्ण रहेको बताउनु भयो भने पानीको प्रदुशणका कारणले पानीजन्य रोगहरु लाग्ने गरेकोले पानीको गुणस्तर अनुगमन आवस्यक रहेको , स्थानीय सरकारहरुले खानेपानी सरसफाइ तथा स्वच्छता योजनालाइ अपनत्व लिएको बताउनु भएको छ ।

कार्यक्रम उदघाटन सत्रको अन्त्यमा कर्णाली प्रदेश भौतीक पुर्वाधार मन्त्रालयका वास फोकल पर्सन रमेश सुबेदीले दिगो बिकासको लक्ष्य पुरा गर्न सबै सरोकारवालाहरुको सहयोग आवस्यक रहेको, कर्णाली प्रदेश सरकारले प्रदेशमा पानी परिक्षण प्रयोगशाला स्थापना गरेको, प्रदेश लोकसेवा आयोगमा खानेपानी सुरक्षा योजनाको चेप्टरमा नै समाबेश गरेको, खानेपानी गुणस्तर लाइ प्रदेशले प्राथमिकतामा राखेको, खुला दिशामुक्त अवस्थाको दिगोपनाको लागी भइ रहेको प्रयासको बारेमा प्रस्ट पार्दै नेपाल नगरपालिका संघले युनिसेफ नेपालको सहयोगमा स्थानीय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रगत शुसासन सुुुुदृढिकरण कार्यक्रम अन्तर्गत खानेपानी गुणस्तर जांच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सुर्खेतमा आयोजना गर्नु भएकोमा धन्यवाद सहित सम्र्पुण सहभागीहरुलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो । तालिमको उदघाटन शत्रको सञ्चालन नगरपालिका संघ कर्णाली प्रदेशका प्रदेश व्यवस्थाक रमेश सुनामले गर्नु भएको थियो ।