नेपाल नगरपालिका संघले खानेपानी सरसफाई तथा स्वच्छता शासन सुदृढिकरणका सन्दर्भमा सोमबार राष्ट्रिय अन्तरक्रिया कार्यक्रम गर्दै पाँच बुंदे घोषणा पत्र जारी गरेको छ । संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले विषय माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष ढुंगानाले खानेपानी र सरसफाईका सन्न्दर्भमा स्थानिय सरकारले दिएको सुझावलाई समेटेर ऐन बन्नु पर्ने बताउनुभयो । उहाँले स्थानिय सरकार कानुन तथा स्रोत साधनले अधिकार सम्पन्न नभए सम्म सरकारले खानेपानी तथा सरसफाईको क्षेत्रमा लिएको नीति पुरा हुन नसक्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले कानुनको अभावमा स्थानिय सरकारलाई भएका अफ्ठ्यारहरू फुकाउन आफुले पहल गर्ने बताउनुभयो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, यूनिसेफका वास चिफ मोहमद ईरफान अलराईको उपस्थिती रहेकको थियो कार्यक्रमा खानेपानी, सरसफाई तथा स्वच्छता शासन सुदृढिकरणका विषयमा खानेपानी मन्त्रालयका तर्फबाट प्रभात श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका रजित ओझा र कानुनविद् काशिराज दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघिय संसद दुवै सदनका सांसदहरू, प्रदेश सभाका सदस्यहरूको सहभागिता रहेको थियो ।



