तहगत सकारको साझा अधिकारमा रहेका सार्वजनिक वित्त ब्यवस्थापनबारे अन्तरक्रिया

Share

नेपाल नगरपालिका संघले SDC-TAF को सहकार्यमा मिति २०८२माघ १४ गते घ्याम्पेडाँडा, भक्तपुरमा प्रदेश तथा स्थानीय तहको साझा अधिकार क्षेत्रमा रहेका सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रहरु (राजस्व, योजना, बजेट, खर्च, लेखापरीक्षण र नमूना कार्य) को कार्यान्वयनको अवस्थाको अध्ययनको स्थितिपत्रमा सुझाव संकलन गर्ने उद्देश्यले बिषय विज्ञ तथा सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहभागीहरुलाई स्वागत गरी कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभयो र  अध्ययन टोलिका  विज्ञ काशीराज दाहाल एवं विज्ञ पवन लोहनीले प्रदेश र संघका बाझीएका कानुनी प्रावधानबारे  समग्र स्थितिपत्रमा प्रस्तुति गर्नुभयो । त्यसैगरी प्रस्तुतिमा विज्ञ टिप्पणीकर्ताको रुपमा पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी र वरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी  गरेपछि सहभागी हरुको सुझाव संकलन गरी प्रतिवेदन परिमार्जित गरियो ।

Events information

Date of the event
01 February, 2026 28 Jan - 28 Jan 2026

Upcoming Events

View all Events
No results found