नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर

Share

२०८२ असार १३ गते शुक्रवार नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम कार्यान्वयनका लागि सात प्रदेशको प्रतिनिधित्व रहने गरी सातवटा नगरपालिकाहरू सँग समझदारी भएको छ। नगरपालिकाहरूमा नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास, नगरव्यापी समावेशी सरसफाइ प्रणालीको सुदृढीकरण र नियामक सुधारका काम गर्ने उक्त सम्झौता गरिएको हो।

समझदारी पत्रमा नेपाल नगरपालिका संघको तर्फबाट अध्यक्ष भीम प्रसाद ढुङ्गाना र सम्बन्धित नगरपालिकाका नगर प्रमुखहरूले हस्ताक्षर गर्नुभएको छ। समझदारी गरेका नगरपालिकाहरूमा कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिराहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिका छन्। गेटस् फाउण्डेसनको वित्तीय सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल, मिडिया हेल्पलाइन, वास खबर र नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) लगायतसँगको सहकार्यमा कार्यान्वयन हुने छ ।

Events information

Date of the event
27 June, 2025 01 Jan - 01 Jan 1970

Upcoming Events

View all Events
No results found