नगर स्वास्थ्य सुशासन सुदृढीकरणसम्बन्धी प्रादेशिक नीति संवाद सम्पन्न

Share

नेपाल नगरपालिका संघको आयोजना तथा जिआइजेड (GIZ) नेपालको सहकार्यमा “बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरण” विषयक प्रादेशिक नीति संवाद कार्यक्रम २०८३ श्रावण २१ गते धनगढीमा सम्पन्न भएको छ। नेपाल नगरपालिका संघका प्रदेश संयोजक तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख,  प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख,  सामाजिक विकाश मन्त्रालयको  नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख, स्वास्थ्य निर्देशनालयका  जनस्वास्थ्य प्रशासक,  GIZ का प्रतिनिधिहरु र स्वास्थ्य विज्ञ लगायतको उलेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य सुशासन, स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा सुधारका उपायहरू प्रदेश संग को समन्वय सम्बन्धमा छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसार आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य नीति तथा ऐनहरूको प्रभावकारी कार्यान्वयन, तथ्यांकमा आधारित योजना तथा बजेट निर्माण, सामाजिक परीक्षण, पारदर्शिता र जवाफदेहितालाई स्वास्थ्य सुशासनका मुख्य आधारका रूपमा जोड दिएका थिए।

छलफलका क्रममा मातृ तथा बाल स्वास्थ्य, पोषण, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। साथै, नागरिकमैत्री, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा पर्याप्त स्रोत, दक्ष जनशक्ति तथा बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमले स्वास्थ्य सुशासन सुदृढीकरण, सेवा प्रवाहमा सुधार तथा तीनै तहका सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

Events information

Date of the event
07 August, 2026 06 Aug - 06 Aug 2026

Upcoming Events

View all Events
No results found