नेपाल नगरपालिका संघको केन्द्रीय कार्यसमिति बैठक

Share

नेपाल नगरपालिका संघको केन्द्रीय कार्यसमिति वैठक २०८२ साल साउन ४ गते आइतवार संघका अध्यक्ष भीम प्रसाद ढुंगानाज्यूको अध्यक्षतामा गोदावरी, ललितपुरमा सम्पन्न भई तपशीलको प्रस्तावहरु उपर छलफल गरी निर्णय गरियो । साथै नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघको अघिल्लो केन्द्रीय कार्यसमिति वैठक पश्चात् संघद्वारा गरिएका गत आ.व.को क्रियाकलाप, आ.व. ०८२/८३ को नीति कार्यक्रम तथा बजेट तथा लक्षित कार्यक्रम, कर्मचारी प्रशासन, संघको वित्तीय स्थिति, संघको नव निर्मित भवन निर्माण, प्रकाशन र वितरण, अन्तराष्ट्रिय सम्बन्ध लगायतका बिषयमा प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन उपर छलफल गरी सुझाव सहित सर्वसम्मतीले पारित गरियो ।
बैठकका प्रस्तावहरुः
१. संघको आवधिक प्रगति प्रतिवेदन पारित गर्ने ।
२. आ.व. ०८२/८३ को नीति, कार्यक्रम तथा बजेट ।
३. संघको भवन निर्माण शिलान्यास र रकम भुक्तानी ।
४. आ.व. ०८१÷८२ को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति ।
५. भूमि सम्बन्धी राजश्व बाँडफाँट सम्बन्धमा ।
६. संघका कर्मचारीको उपदान कोष व्यवस्थित गर्ने बारे ।
७. करारका कर्मचारीको म्याद थप गर्ने बारे ।

Events information

Date of the event
22 July, 2025 19 Jul - 19 Jul 2025

Upcoming Events

View all Events
No results found