नेपाल नगरपालिका संघ र Helvetas Nepal बीच वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुन स्थापना सम्बन्धी Returnee of Migrant (ReMi) परियोजना संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । यस परियोजानले बिशेषत श्रम रोजगार, पुन:स्थापना र आप्रवासीको सवालमा तिनै तहका सरकार, निजि क्षेत्र र अन्य सरोकारवाला निकाय बीच नीतिगत बहस पैरवी गर्नेछ भने यस विषयमा स्थानीय सरकारको क्षमता विकास गरी सेवा प्रणाली सुद्रिढी गर्ने छ l हालका लागि कोशी प्रदेश र मधेश प्रदेश लक्षित यस कार्यक्रम जुलाई २०२६ सम्म पहिलो फेजको रुपमा संचालन हुनेछ l

