पुनःएकिकरण सम्बन्धी कार्यक्रमको संचालन तथा व्यवस्थापन गर्न अन्तर सरकार समन्वयको संस्थागतिकरण सम्बन्धी नीतिगत संवाद

Share

नेपाल नगरपालिका संघको आयोजना एवम् रेमी परियोजनाको प्राविधिक सहयोगमा  “बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनःएकिकरण सम्बन्धी कार्यक्रमको संचालन तथा व्यवस्थापन गर्न अन्तर सरकार समन्वयको संस्थागतिकरण विषयक नीतिगत संवाद कार्यक्रम मिति २०८३ असार ०१ गते सम्पन्न भएको छ । नेपाल नगरपालिका संघ बागमती प्रदेश समिति, संयोजक एवंम प्रमुख कागेश्वरी मनोहरा नगरपालिका श्री उपेन्द्र कार्कीज्यूको सभाध्यक्षता एवम्  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति प्रतिनिधि शभाका सभामुख माननीय रहबर अन्सारीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका माननीय सदस्यज्यू, कोशी र मधेश प्रदेशका नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयका श्रीमान् सचिव, कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सहायक सचिव, वरिष्ठ अधिकृत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल सरकारका पूर्व सचिव, विषयगत विज्ञ, होटल संघ नेपाल, बैकर्श एसोसीएसनका प्रतिनिधि, श्रमीक संजालका प्रतिनिध, नीजि क्षेत्र साझेदार संस्था लगायत पत्रकारज्यूहरुको सहभागीता रहेको थियो ।

Events information

Date of the event
18 June, 2026 15 Jun - 15 Jun 2026

Upcoming Events

View all Events
No results found