वार्षिक योजना तर्जुमा प्रक्रियामा डिजिटल हेल्थ प्रोफाइलको तथ्याङ्क उपयोग विस्तार सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share

नेपाल नगरपालिका संघको आयोजना तथा GIZ नेपालको सहकार्यमा स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियालाई तथ्यमा आधारित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले डिजिटल हेल्थ प्रोफाइल (DHP) मार्फत DHIS-2 प्रोफाइलको तथ्याङ्क विश्लेषण तथा उपयोग विस्तारसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम २०८२ मङ्सिर १६ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका, मङ्सिर १७ गते सुदूरपश्चिम प्रदेशको पञ्चदेवल विनायक नगरपालिका र मङ्सिर १८ गते सुदूरपश्चिम प्रदेशकै बाजुरा जिल्लास्थित त्रिवेणी नगरपालिकामा सञ्चालन गरिएको छ ।

कार्यक्रममा नेपालको स्थानीय सरकारको वार्षिक योजना तर्जुमा प्रक्रियामा अवलम्बन गरिने सात चरणको योजना तर्जुमा प्रक्रियाबारे छलफल तथा अभिमुखीकरण गरिएको थियो। विशेष गरी स्थानीय सरकारको योजना तथा बजेट निर्माणका विभिन्न चरणमा स्वास्थ्य क्षेत्रका तथ्याङ्कलाई कसरी समावेश तथा उपयोग गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (DHIS-2) तथा डिजिटल हेल्थ प्रोफाइलमा उपलब्ध स्वास्थ्य सम्बन्धी तथ्याङ्कको विश्लेषण, प्रमुख स्वास्थ्य सूचकहरूको अवस्था, स्वास्थ्य सेवाको पहुँच तथा उपयोग र सेवा प्रवाहमा रहेका समस्या तथा चुनौती पहिचान गर्ने विषयमा सहजीकरण गरिएको थियो।

त्यसैगरी, डिजिटल हेल्थ प्रोफाइलबाट प्राप्त तथ्याङ्कलाई स्थानीय तहको आवश्यकता पहिचान, प्राथमिकता निर्धारण, योजना छनोट, कार्यक्रम निर्माण तथा बजेट विनियोजन प्रक्रियासँग जोड्ने विषयमा अन्तरक्रिया गरिएको थियो। तथ्याङ्कमा आधारित योजना निर्माणले स्वास्थ्य क्षेत्रका वास्तविक आवश्यकता सम्बोधन गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सहयोग पुर्‍याउने विषयमा सहभागीहरूको ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा, योजना शाखा, सूचना प्रविधि शाखा तथा अन्य सम्बन्धित शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण GIZ का Advisor – RBM, Knowledge Management, PR, Communication and Digitalization विकास नेपाल तथा नेपाल नगरपालिका संघका कार्यक्रम संयोजक सुनीता सुवेदीले गर्नुभएको थियो।

कार्यक्रमले स्वास्थ्य क्षेत्रको तथ्याङ्कलाई नियमित रूपमा विश्लेषण गरी स्थानीय सरकारको वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियामा उपयोग गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै स्वास्थ्य, योजना, सूचना प्रविधि तथा अन्य शाखाहरूबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउb} स्थानीय सरकारमा उपलब्ध स्वास्थ्य सम्बन्धी तथ्याङ्कको प्रभावकारी उपयोगमार्फत स्वास्थ्य क्षेत्रका आवश्यकता पहिचान, कार्यक्रमको प्राथमिकता निर्धारण, स्रोतसाधनको उचित विनियोजन तथा प्रमाणमा आधारित योजना निर्माणको अभ्यासलाई संस्थागत गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Events information

Date of the event
05 November, 2026 02 Nov - 04 Nov 2026

Upcoming Events

View all Events
No results found