विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण अन्तरक्रिया

Share

नेपाल नगरपालिका संघको आयोजना तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा  गरिएको प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यन्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८३/०१/१५  गते कोशी प्रदेशको भेडेटारमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष श्री भिम प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा १४ नगरपालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख/ उपप्रमुख, वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, धनकुटा  शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका प्रतिनिधिहरु गरी ४२ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमा शिक्षा तथा सामाजिक विकास निर्देशनालय प्रदेश सरकारका निर्देशक र बिषय बिज्ञहरुले  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो उपर सहभागिहरु बीच छलफल भै राय सुझाव प्राप्त भएको थियो ।

Events information

Date of the event
05 May, 2026 28 Apr - 28 Apr 2026

Upcoming Events

View all Events
No results found