वैदेशिक रोजगार पुनःएकीकरण कार्यान्वयनका क्रममा ”लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण”

Share


नेपल नगरपालिका संघको आयोजना तथा रेमी परियोजनाको प्राविधिक सहयोगमा वैदेशिक रोजगार पुनःएकीकरण कार्यान्वयनका क्रममा ”लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण” सम्बन्धी कोशी प्रदेशका विषयगत मन्त्रालय तथा सरोकारवाला निकायहरुबिच मिति २०८३ बैशाख १६ गते बुधबार भेडेटार, धनकुटामा छलफल कार्यक्रम सम्पन्न भएको छ l
स्थानीय तहमा पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको भरपूर उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउन स्थानीय जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा बढी लाभदायी बनाउन वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण गर्ने, स्थानीय स्तरमा रोजगारीका अवसरहरु सृजना गर्न उद्यमशीलता, वैदेशिक रोजगार तथा आप्रवासन सम्बन्धी विषयवस्तुहरूलाई कार्यान्वयन गर्ने क्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) जस्ता अन्तरसम्बन्धित विषयहरू प्रायः ओझेलमा पर्ने भएकाले स्थानीय सरकारले यस्ता योजनाहरूलाई लैङ्गिक दृष्टिकोणबाट समेत मूलप्रवाहिकरण गर्दै स्थानीय सरकारको वार्षिक योजनामा कार्यक्रम तथा बजेट सुनिश्चीतताका लागि सरोकारवाला निकायहरुको भूमिका र सहकार्यको आवश्यकता लगायतका विषयमा नेपाल नगरपलिका संघका केन्द्रिय अध्यक्ष एवंम् निलकन्ठ नगरपालीकका नगर प्रमुख भिम प्रसाद ढुंगानाको अध्यक्षतामा बैठकमा भएको थियो भने बेलबारी नगरपालिका नगर प्रमुख एवंम् कोशी प्रदेश संयोजक दिल प्रसाद राई ले स्वागत मन्तब्य राख्नु भएको थियो l
नगरपालिका संघका कार्यकारी निर्देशकले संघको तर्फबाट संघले बैदेशिक रोजगारका क्षेत्रमा गरेको कार्यको जानकारी सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो l कोशी प्रदेशको आर्थिक मामिला तथा योजना आयोगका माननिय मन्त्री विदुर कुमार लिङ्थेपज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका, सुर्योदय, मेचीनगर, उर्लाबारी, रामधुनी, कटारी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख/उप-प्रमुख एवं एवं कर्मचारीहरु, केराबारी, कानेपोखरी, कमल र मिक्लाजुङ गाँउपालिका र गाँउपालिकाका अध्यक्ष उपाध्यक्ष एवं कर्मचारीहरुको उपस्थीति रहेको थियो । कोशी प्रदेश सरकारको प्रतिनिधित्व गर्दै सामाजिक विकास मन्त्रालयका माहाशाखा प्रमुख लगायत नीजि क्षेत्र प्रदेश संजाल अध्यक्षहरु र रेमी परियोजना कोशी प्रदेश संयोजक एवंम् वैदेशिक रोजगारमा काम गर्ने सामाजिक संघ संस्थाहरुको सहभागीता रहेको थियो l

Events information

Date of the event
05 May, 2026 29 Apr - 29 Apr 2026

Upcoming Events

View all Events
No results found