संघीयता सम्वन्धी संवैधानिक व्यवस्था, कार्यान्वयन अवस्था, उपलब्धि, चुनौती र आगामी कार्यदिशा पहिल्याउने उद्देश्यले नेपाल नगरपालिका संघ तथा SNGP-SDC/DFATको सहकार्यमा एक दिने संघीयता सम्बन्धि राष्ट्रिय संवाद कार्यक्रम २०८२ साउन ०४ गते गोदावरीमा सम्पन्न भयो । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरु, राष्ट्रिय प्राकृतिक सा्रेत तथा वित्त आयोग, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु, जिल्ला समन्वय समिती, गाउँपालिका राष्ट्रिय महासंघ लगायत विभिन्न संघ संस्था तथा साझेदार संस्थाहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका प्रमुख श्री भीम प्रसाद ढुङ्खानाले गर्नुभएको थियो । कार्यक्रममा संविधान सभा सदस्य माननीय कृष्ण प्रसाद सापकोटाले प्रस्तुती गर्नुभएको थियो भने प्रस्तुतीमा टिप्पनी पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले गर्नुभएको थियो ।


