नेपाल नगरपालिका संघको आयोजनामा “फोहोर तथा दिसा जन्य लेदो प्रसोधन केन्द्रको संचालन तथा ब्यवस्थापन बिषयक आपसी सिकाई कार्यशाला” २०८२ माघ २३ गते, नेपालगंज उप-महानगरपालिकामा सम्पन्न भएको छ l नेपाल नगरपलिका संघका महासचिव एंव घोराही उप-महानगपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशबाट बाँके,बर्दिया र दाङ, कर्णाली प्रदेशबाट सुर्खेत र सल्यान र सुदूरपश्चि प्रदेशबाट कैलाली गरी १३ नगरपालिकाहरुका प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको सहभागिता रहेको थियो l नगरपालिकाहरुमा नगरब्यापी समावेशी सरसफाई सुनिश्चित गर्दै दिगो विकास लक्ष्य ६ मा योगदान दिन नगरपालिकाहरुको क्षमता विकासका लागि आपसी-सिकाई गर्ने उद्देश्य सहित संचालित यस कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकरी निर्देशक, कलानिधि देवकोटाले र नेपालगंज उपमहा-नगरपालिकाका नगर प्रमुख, प्रशान्त बिस्टले स्वागत तथा उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो l कार्यक्रमको प्राबिधिक छलफलको सहजीकरण खानेपानी तथा ढल ब्यबस्थापनको नेपालगंज कार्यालयका प्रमुख सि. ई. जगन्नाथ दास र सि. डी. ई देवेन्द्र कुमार झाले गरेका थिए l नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, UN-Habitat, Water Aid Nepal, Media Help Line र WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भै रहेको छ l
