नेपाल नगरपालिका संघको आयोजना तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा गरिएको मदेश प्रदेशस्तरिय विद्यालय शिक्षा क्षेत्र योजना (SESP) कार्यान्वयनका लागि सहजीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिती २०८३/०२/१३ गते मधेश प्रदेश, बर्दीबासमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य एबम बरहथवा नगरपलिका नगर प्रमुख श्री कल्पना कट्टेलज्यूको अध्यक्षता र जनकपुरधामका नगर प्रमुख श्री मनोज कुमार शाहज्यू को प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा ३० नगरपालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख/ उपप्रमुख, वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, नगर शिक्षा शाखाका प्रमुख, विद्यालयका प्राध्यापक, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका प्रतिनिधिहरु गरी ७३ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमा मानव श्रोत विकास केन्द्रका प्रतिनिधि र र सामाजिक विकास मन्त्रालय मदेश प्रदेशको शीक्षा शाखाका प्रमुखले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो उपर सहभागिहरु बीच छलफल भै राय सुझाव प्राप्त भएको थियो ।

