समाजमा रहेको विभेदका कारण पहुँच, स्रोत, सेवा, सूचना तथा निर्णायक भूमिकामा असर पर्ने गरेको छ । यी विभेदहरूका विरुद्धमा नेपाल सरकारले कानुनी व्यवस्था गरी लागु गरेको छ । कानुनअनुसार यी विभेदहरू दण्डनीय छन् । तथापि, समुदायस्तरमा विभेदहरू व्याप्त रहेको अझै देख्न सकिन्छ । यिनै असमानताका अनेक अवस्थाहरूलाई स्थानीय तहबाट उचित सम्बोधन गर्न लैससास रणनीति तर्जुमाका लागि यो प्रक्रियागत पुस्तिका तयार गरिएको हो ।