नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, Water Aid Nepal तथा UN-Habitat को सहकार्यमा २०२१ डिसेम्बर देखि २०२६ जुलाई सम्म ललितपुर महानगरपालिका, घोराही उप महानगरपालिका मेचीनगर, लहान, गोरखा, गोदावरी, शारदा नगरपालिकाहरुमा संचालन भइरहेका छन् । यस परियोजना अन्तर्गत तीनै तहका सरकारका वीच, नेपाल नगरपालिका संघ तथा नगरपालिकाहरुको सरसफाईका बिषयमा संस्थागत तथा कार्यगत क्षमता विकासका कार्यक्रमहरु जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि सरसफाई सम्बन्धी नीतिगत वकालत तथा संवादका कार्यक्रहरु रहेका छन् । यस परियोजना अन्तर्गत नेपालभर सरसफाई क्षेत्रमा कार्य गरेका संस्थाहरुलाई एकैथलोमा अलाइन्सको माध्यमबाट एकद्वार प्रणाली मार्फत काम गर्ने नीति रहेको छ ।
