स्थानीय सरकार मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुदृढ गर्ने उद्देश्यका साथ नेपाल नगरपालिका संघ र जर्मन विकास संस्था -GIZ_ नेपाल बीच “Strengthen Health Sector Strategy II” परियोजनाको सञ्चालनार्थ २०८२ जेठ २२ गते संघ र GIZ नेपाल विच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भई १८ महिनाकालागि परियोजना सञ्चालन भएको छ । सम्झौता अनुसार GIZ ले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका नेपालगन्ज उप–महानगरपालिका, त्रिवेणी र पन्चदेवल विनायक नगरपालिकाहरुमा स्वास्थ्य सेवा सुदृढ गर्न वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरेको छ । नगरपालिकालाई स्वास्थ्य नीति कार्यान्वयनमा प्राविधिक सहयोग, क्षमता विकास तथा अनुभव आदान–प्रदानका माध्यमबाट सहयोग पुयाउनेछ । यस परियोजनाले नगरपालिकाको योजना, व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य रहेको छ ।
