नेपाल नगरपालिका संघले DFAT–TAF को सहकार्यमा तीन तहका सरकारहरूबीच सहकार्य तथा समन्वय सुदृढीकरण गर्ने तथा संघ, प्रदेश र स्थानीय तहका अधिकार, भूमिका र कार्यक्षेत्रमा स्पष्टता बढाउने उद्देश्यले Subnational Governance Program (SNGP) अन्तर्गत “Strengthening Municipal Governance in Nepal” परियोजना सञ्चालन गरिरहेको छ । मार्च २०१९ देखि सुरु भएको यस परियोजना डिसेम्बर २०२६ सम्म सञ्चालनमा रहनेछ। परियोजनाले अन्तरसरकारी सम्बन्ध सुधार, प्रदेश तथा स्थानीय सरकारको नीतिगत सुधार तथा शासन प्रणाली सुदृढीकरण, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार तथा सेवा प्रवाह सुदृढीकरणमा सहयोग पुर्याउँदै संघीयता कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन योगदान पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रमले अन्तरसरकारी समन्वय प्रवर्द्धन, तहगत जिम्मेवारीमा स्पष्टता, सार्वजनिक वित्त व्यवस्थापन सुधार, प्रमाणमा आधारित नीति वकालत, स्थानीय आर्थिक विकास प्रवर्द्धन तथा समावेशी स्थानीय शासन सुदृढीकरणमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।
